सहदेव अधिकारी नेपाल लाईफको उत्कृष्ट अवार्डबाट सम्मानित
पाेखरा | भदौ २, २०८२
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।
उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईपटक उत्कृष्ट अवार्डबाट सम्मानीत भएको छ ।
तीन वर्ष अगाडि मात्रै प्रदेश प्रमुखको जिम्मेवारी पाएका अधिकारीको नेतृत्वमा कर्णाली प्रदेश तथा लगातार दुईपटक गण्डकी प्रदेशले उत्कृष्ट प्रदेशको उपाधि हासिल गरेको हो ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को समीक्षा गर्दै काठमाडौँको द सोल्टी होटलमा बिजनेस एक्सिलेन्स कन्फ्रेन्स २०८२ सम्पन्न गरेको छ ।
सबै जीवन बीमा कम्पनीहरूलाई पछि पार्दै गण्डकी प्रदेशमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षभन्दा करिब ४९५ व्यवसाय वृद्धि गरी ८३ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ ।
उक्त कार्यक्रममा गत आर्थिक वर्षको समीक्षा गर्दै आगामी आर्थिक वर्षको रणनीति समेत तय भएको छ । नेपाली बीमा बजारको हालसम्मकै ऐतिहासिक १० अर्ब भन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको यस जीवन बीमा कम्पनीले उत्कृष्ट व्यवसाय गर्न सफल भएका प्रदेश प्रमुख, शाखा प्रमुख र अन्य कर्मचारीहरूलाई सम्मान गरेको हो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

